• Monday 19th of October 2026

दमकमा गोली चल्यो, एक विद्यार्थी घाईते


  • धनकुटा खबर
  • .

दमक ,२१ बैशाख । दमकमा आज दिउँसो गोली लागेर एक जना विद्यार्थी घाईते भएकी छन् ।

सिराहाका एक जना युवाले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाईते भएकी हुन् ।

गोली हानेर ती युवक भागेको प्रहरी स्रोतले बताएको छ । गोली हानेर फरार भएका युवकको खोजी कार्य भईरहेको प्रहरीको भनाई छ । घाईते ती विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भईरहेको छ । घाईते विद्यार्थीको पहिचान खुल्न सकेको छैन् ।

घटनाका बारे प्रहरीले थप अनुसन्धान तीव्र बनाएको इलाका प्हरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖