• Monday 19th of October 2026

बाटो कुरेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली


  • धनकुटा खबर
  • .

उर्लाबारी । झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली हानिएको छ ।

स्थानीय हिमालय माध्यमिक विद्यालय केन्द्रमा कक्षा १२ को परिक्षा दिएर घर फर्किने क्रममा दमक नगरपालिका ५ मा उदयपुरकी १८ वर्षीया एनिका अधिकारीलाई गोली हानिएको हो ।

इलका प्रहरी कार्यालय दमकका अनुसार अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली हानेको खुलेको छ । तर उनी एनिकालाई गोली हान्नेबित्तिकै फरार भएका छन्।

गोली एनिकाको पेटको तल्लो भागमा लागेकाले उनको अवस्था गम्भीर छ । अहिले एनिकाको दमकस्थित लाइफललाइन अस्पतालमा उपचार भइरहेको छ ।

एनिका दमकमा डेरा गरेर प्ल टु पढ्दै आएकी थिइन् । उनी अहिले जारी परीक्षामा संलग्न भएर डेरा फर्किँदै गर्दा अमितकुमारले गोली हानेर भागेका हुन् । अमितले बाटो ढुकेर एनिकामाथि गोली हानेको प्रहरीले उल्लेख गरेको छ ।

गोली चलाएर फरार यादवको खोजीलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖