• Monday 19th of October 2026

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक, गरेका थिए प्रेम प्रस्ताव


  • धनकुटा खबर
  • .

काठमाडौं— झापाको दमकमा शुक्रबार छात्रामाथि गोली प्रहार भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा घर भएका अमितकुमार यादव छन्। गोली हान्ने यादव छात्राका पूर्व शिक्षक रहेको खुलेको छ।

शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी उदयपुरकी १८ वर्षीया एनिका अधिकारीलाई दिउँसो साढे १२ बजेतिर यादवले गोली हानेका थिए।

एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन्। उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय गएकी थिइन्।

प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठका घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए। एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छन्।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ। भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छन्।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छन्। यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ।

नाभि छेउमा गोली लागेकोमा निकालिएको अस्पतालले जनाएको छ। दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन्। थप अनुसन्धान भइरहेको छ। -न्यूज गृह

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖