• Monday 5th of October 2026

यस्तो हुनेछ आईफोन १६ सिरिजको डिस्प्ले


  • धनकुटा खबर
  • .

काठमाडौँ – एप्पलले यसैवर्ष ल्याउने तयारी गरेको आईफोन १६ सिरिजबारे नयाँ खुलासा भएको छ ।

सामाजिक सञ्जाल एक्समा सोनी डिक्सन मार्फत आएको नयाँ ईमेजमा प्रो र नन्–प्रो मोडलहरू बीचको साइजको भिन्नता देखिएको छ ।

फोटोमा पछाडीकाे भाग देखिएको छ भने आईफोन १६ प्रो म्याक्सको प्यानल ६‍.९ इन्चको रहेको र आईफोन १६ प्रो ले ६.३ इन्चको डिस्प्ले प्रदान गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी आईफोन १६ प्लसको यसअघिकै जस्तो ६.७ इन्चको स्क्रिन साइज हुने बताइएको छ । यस सिरिजको सबैभन्दा सानो फोन बेसलाइन आईफोन १६ हुने र यसमा ६.१ इन्चको स्क्रिन समावेश गरिने उल्लेख छ।

साथै दुबै नन–प्रो आईफोन १६ मोडलहरूले भर्टिकल स्ट्याक्ड क्यामरा डिजाइन समावेश गर्नेछन् र जसले स्पेसियल भिडियो रेकर्डिङको लागि अनुमति दिने चर्चा रहेको छ।

यसबाहेक एप्पलले सम्पूर्ण १६ सिरिजमा नयाँ क्याप्चर बटन पनि ल्याउन सक्ने सम्भावना रहेको छ।

त्यसैगरी आईफोन १६ सिरिजको ब्याट्री क्षमताहरूको बारेमा पनि भर्खरै लिक भएको उल्लेख गरिएको छ।

जसअनुसार ब्याट्री क्षमताहरूको सन्दर्भमा सबै मोडलहरूका लागि थोरै लाभहरू देखाइएको भएतापनि १६ प्लसको भने ब्याट्री क्षमता ९ प्रतिशत कम हुने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖