• Tuesday 20th of October 2026

धनगढीका स्पामा प्रहरीको छापा, कण्डमसहित ४ युवती र एक सञ्चालक पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी: धनगढीमा सञ्चालित मसाज सेन्टरहरु (स्पा) मा प्रहरीले छापा हानेको छ। वडा प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर जनक ढुंगानाको टोलीले स्पाहरुमा छापा हानेको हो।

शनिबार प्रहरीले धनगढीका सबैजसो स्पामा छापा हानेको थियो। प्रहरी स्रोतका अनुसार ८ ओटा स्पामा छापा हानेकोमा सुदूरपश्चिम स्पा नाम गरेको मसाज सेन्टरमा भने कैफियत भेटिएको छ।

उक्त मसाज सेन्टरमा अनैतिक गतिविधि भएको थाहा भएपछि प्रहरीले सो स्पाका सञ्चालकसहित त्यहाँ कार्यरत ४ युवतीलाई पनि पक्राउ गरेको छ।

छापाका क्रममा प्रहरीले सो स्पाको डस्टबिनमा कण्डमहरु फेला पारेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖