• Tuesday 20th of October 2026

२५ वर्ष कैद सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा, कात्तिक ३ । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार कैदी सन्तोष जलारी पक्राउ परेका छन्।

जलारी २०८३ असोज ३१ गते राति कास्की जिल्ला कारागारबाट फरार भएका थिए। उनी फरार भएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो।

खोजतलासका क्रममा प्रहरी टोलीले २०८३ कात्तिक ३ गते पोखरा महानगरपालिका–स्थित पृथ्वीचोकमा रहेको न्यू झरना गेस्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा जलारीलाई पक्राउ गरेको हो।

कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका जलारी कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। अन्ततः फरार भएको केही दिनमै उनलाई गेस्ट हाउसबाट पक्राउ गर्न प्रहरी सफल भएको हो।

पक्राउ परेका जलारीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖