• Thursday 8th of October 2026

साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। साउदीले श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय जनालाई पक्राउ गरेको जनाएको छ ।

साउदीको एक आधिकारिक प्रतिवेदनअनुसार १२ हजार ९ सय ६१ जनालाई आवास कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ भने अवैध सीमा पार गर्ने ४ हजार १ सय ७७ र श्रमसम्बन्धी मुद्दामा २ हजार ५ सय ७२ जनालाई पक्राउ गरिएको छ ।

४६ जना छिमेकी मुलुकमा प्रवेश गर्ने प्रयासमा पक्राउ परेका थिए भने १२ जनालाई ढुवानी र उल्लंघन गर्नेहरूलाई आश्रय दिनेमा संलग्न भएको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।

साउदीको गृह मन्त्रालयले यातायात र आश्रय प्रदान गर्नेलगायत राज्यमा अवैध प्रवेशमा सहजीकरण गरेको पाइएमा बढीमा १५ वर्षसम्म कैद, १० लाख साउदी रियालसम्मको जरिमाना तथा सवारीसाधन र सम्पत्ति जफत गर्न सकिने बताएको छ ।

साथै, मन्त्रालयले मानिसहरूलाई मक्का, रियाद र पूर्वी प्रान्तका क्षेत्रहरूमा ९११ नम्बर र राज्यका बाँकी क्षेत्रहरूमा ९९९ र ९९६ नम्बरहरूमा कल गरेर उल्लंघनको कुनै पनि घटना रिपोर्ट गर्न आग्रह गरेको छ ।

साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ।

साउदीका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो । अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ ।

१५ जना नेपालीलाई दूतावासमार्फत एक्जिट भिसा

साउदीमा गैरकानुनी रूपमा रहेका १५ जना नेपालीले एक्जिट भिसा प्राप्त गरेका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार बहिर्गमन भिसा (एक्जिट भिसा)को प्रक्रिया गरिएकामध्ये १५ जनाको एक्जिट भिसा प्राप्त भएकाले चाँडोभन्दा चाँडो नेपाल फर्कन अनुरोध गरिएको छ ।

गैरकानुनी तथा अलपत्र नेपालीहरूले आफ्नो मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दूतावासमा उपस्थित भएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जान दूतावासले अनुरोध गरेको छ ।

एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको छ भने विमानस्थलमा त्यही म्यासेज देखाउँदा हुने दूतावासले जनाएको छ । एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु नपर्ने पनि दूतावासले जनाएको छ ।

एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुन्छ । यसबापत एक हलाला पनि कहीँ कतै बुझाउनुपर्दैन । एक्जिट भिसामा भएको राहदानी–ट्राभल डकुमेन्ट नम्बर र आफूसँग भएको राहदानी–ट्राभल डकुमेन्ट नम्बर एउटै छ–छैन हेरेर यकिन गरेर मात्र हवाई टिकट खरिद गर्न पनि साउदीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖