• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

लेभरकुजनले बनायो अपराजित खेलको अर्धशतक


  • धनकुटा खबर
  • .

म्युनिख । बायर लेभरकुजनले १० खेलाडीमा सीमित बोचुमलाई हराउँदै सबै प्रतियोगितामा अपराजित खेलको अर्धशतक बनाएको छ। आइतबार भएको खेलमा लेभरकुजन ५-० गोलले विजयी बन्यो ।

प्याट्रिक सिकले लेभरकुजनलाई अग्रता दिलाए भने भिक्टर बोनिफेसले पेनाल्टीबाट अग्रता दोब्बर बनाए । दोस्रो हाफमा अमिन एडलीले कर्नरबाट हेडरमार्फत तेस्रो गोल थपे भने जोसिप स्टानिसिक र एलेक्स ग्रिमाल्डोले एक-एक गोल गरे ।

ज्याभी ओलन्सोको टोलीलाई अब एक अजेय ट्रेबलको पहिलो भाग पूरा गर्ने एक खेल बाँकी छ । यदि लेभरकुजनले सिजनको अर्को शनिबार अग्सबर्गविरुद्धको आफ्नो अन्तिम लिग खेलमा पराजित हुनबाट जोगियो भने टोली हारको स्वाद बिना बुन्डेसलिगा जित्ने पहिलो टोली बन्नेछ। बायर्न म्युनिखले सन् १९८६-८७ र २०१२-१३ को उपाधि सफलतामा एक पटक मात्रै हार बेहोरेको थियो।

बुन्डेसलिगा च्याम्पियनले २२ मे मा डब्लिनमा युरोपा लिग फाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्नेछ र तीन दिन पछि बर्लिनमा काइजरस्लाउटन विरुद्ध जर्मन कपको फाइनल खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖