• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सन्दीपले सफाइ पाए विश्वकप खेल्ने सम्भावना जीवित


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्ने सङ्घारमा छँदा सामाजिक सञ्जाल भने सन्दीप लामिछानेको न्यायको लागि तातिएको छ । विचाराधीन मुद्दाका कारण सन्दीप विश्वकप खेल्ने टोलीमा अटाउन नसकेका कारण समर्थकहरूले चर्को आक्रोश र निराशा पोखिरहेका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द भने सन्दीपले विश्वकप खेल्ने सम्भावना जीवितै रहेको बताएका छन् । यदि अदालतले समयमै फैसला गरेर सफाइ दिएको खण्डमा सन्दीपलाई अझै विश्वकपमा समेट्न सकिने चन्दको भनाइ रहेको छ ।

उनी भन्छन् सन्दीपले सफाइ पाउनेमा म चै पूर्ण आशावादी छु । पहिलेदेखि नै यही भनिरहेको छु । यद्यपि, अदालतमा विचाराधीन मुद्दामा आफूहरूले केही गर्न नसक्ने उनले बताए । ‘अदालतले दूधको दूध पानीको पानी छुटाएर चाँडो फैसला गरोस् भन्ने चाहन्छौँ’, चन्दले भने, ‘छिटो फैसला होस् भनेर कामना गरेर बसिराख्या छौं ।’

उनले सन्दीप नहुँदा हाम्रो टिममा भन्दा विपक्षी टीमलाई चाहिँ मनोवैज्ञानिक फाइदा मिल्ने बताए । सन्दीप हुँदाखेरि अरु टिमहरू अलिकति डराउँछन् । त्यसको फाइदा नेपाली टी मलाई हुन्थ्यो । सन्दीप छैनन् भने चाहिँ ढुक्क भएर खेल्न सक्ने स्थिति हुन्छ उनले भने ।

आईसीसीले सन्दीपलाई खेलाउन मान्छ त ? भन्ने प्रश्नमा उनले भने, अहिले टिममा भएका १५ जनामध्ये कोही घाइते भयो भने हामीले रिप्लेस गर्न सक्छौँ । त्यसका लागि एउटा समय सीमा हुन्छ । आईसीसीको टेक्निकल कमिटीको अनुमतिमा गर्न पाइन्छ । सन्दीपको पक्षमा निर्णय भयो भने भिसाको समस्या हुँदैन, तत्कालै लैजान सकिन्छ । निर्दोष व्यक्तिलाई खेलाउन आईसीसीले अनुमति दिन्छ ।

सन्दीपले सफाइ पाउलान् भन्नेमा व्यक्तिगत रूपमा कति आशावादी हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, म त सधैँ आशावादी हो । पहिलेदेखि नै मभन्दा अरू कोही थियो र आशावादी ? नेपाली क्रिकेटमा सन्दीपको योगदान र आवश्यकता मैले राम्ररी बुझेको छु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖