• Tuesday 6th of October 2026

व्यक्तिको कानभित्र माकुराले घर बनाएपछि !


  • धनकुटा खबर
  • .

भूलवश सानो कुरा पनि कानभित्र पस्यो भने बेचैनी कति हदसम्म बढ्न सक्छ भनेर बुझाउन निकै गाह्रो छ ।

बढ्दो पीडाको बीचमा व्यक्तिको अवस्था खराब हुन थाल्छ। सोच्नुहोस् यदि माकुराले कानभित्रै घर बनाएर बस्यो भने मानिसको के हालत होला ?यो घटना तपाइले कल्पना पनि गर्न सक्नुहुन्न।

तर हालै सामाजिक सञ्जालमा यस्तै एउटा चकित पार्ने भिडियो सार्वजनिक भएको छ । जसमा एक व्यक्तिको कानभित्रै माकुराले घर बनाएको देखिएको छ । ति व्यक्तिको कान निकै खराब अवस्थामा पुगेको देखिन्छ ।

यो फुटेज डरलाग्दो छ ।यो मन छुने भिडियो डेली मेलले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको हो।

भिडियो पोस्ट गर्दै क्याप्सनमा लेखिएको छ, ‘चीनका एक व्यक्तिलाई कानमा दुखाइ हुँदा डाक्टरको आवश्यकता परेको थियो । डाक्टरले जाँच गर्दा कान भित्र माकुरा घुमिरहेको पत्ता लाग्यो, जसले कान भित्र जाल बनाइरहेको थियो । भाइरल भिडियोमा डाक्टरहरूले माइक्रोस्कोपिक दृश्य मार्फत व्यक्तिको कानभित्र बसेको माकुरालाई स्पष्ट रूपमा देखेका थिए ।’

डेली मेलको पोस्टका अनुसार व्यक्ति शान्तपूर्वक सुतिरहेको बेला माकुरा कानभित्र पसेको हुनुपर्छ । बिरामीको कानमा माकुराले जालो लगाएको देखेर डाक्टरहरू पनि एक मिनेट स्तब्ध भए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖