काठमाडौं: करिब ४ वर्षदेखि मलेसिया गएर परिवारबाट सम्पर्कविहीन रहेका बैतडीका शमशेर चन्द सम्पर्कमा आएका छन्।
वैदेशिक रोजगारका लागि मलेसिया गएका चन्द परिवारको सम्पर्कमा आएका हुन्।
हालै उनी सम्पर्कमा आएको उनकी दिदी पार्वती चन्दले जानकारी दिइन्।
पार्वती कञ्चनपुरको दोधारा चाँदनी वडा नम्बर ६ मा बसोबास गर्छिन्। शमशेर चन्द बैतडीको दशरथ चन्द नगरपालिका ४ चने जर्कका हुन्।
