काठमाडौँ। आईसीसी लिग–२ अन्तर्गत ओमानसँगको खेलमा रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् ।
रोहितको यो १४औँ अन्तर्राष्ट्रिय एकदिवसीय अर्धशतक हो ।
सोमबार ओमानसँगको खेलमा उनले ६१ बलमा एक छक्कासहित ५० रन पूरा गरेका हुन् ।
यसअघि दीपेन्द्रसिंह ऐरी र देव खनालले पनि अर्धशतक बनाएका थिए । लिग–२ को आफ्नो अन्तिम खेल खेलिरहेको नेपाललाई शीर्ष ६ मा पर्न जित्नै पर्ने दबाब छ।
