• Monday 5th of October 2026

सामसङको ‘ग्यालेक्सी एम१५ ५जी’ सार्वजनिक, कति पर्छ मूल्य?


  • धनकुटा खबर
  • .

सामसङ नेपालले धेरै सुविधाहरू सहितको ‘ग्यालेक्सी एम१५ ५जी’ सार्वजनिक गरेको छ।

कम्पनीले लोकप्रिय ग्यालेक्सी एम सेरिजमा नवीनतम विशेषताहरू थप गरेर प्रयोगकर्ताहरूलाई सुपर एमोलेड एफएचडी डिस्प्ले, मोन्स्टर ब्याट्री र शक्तिशाली प्रोसेसरहरूको साथ उत्कृष्ट स्मार्टफोनको अनुभव प्रदान गरेको छ।

यो स्मार्टफोन सेग्मेन्टकै सर्वश्रेष्ठ ६००० एमएएच ब्याट्रीको साथ आउँछ, जसले स्मार्टफोनलाई दुई दिनसम्म पावर दिन सक्ने कम्पनीको दाबी छ।
सामसङले उपभोक्ताहरूका लागि एक वास्तविक २५ वाट सामसङ एडेप्टर निःशुल्क उपलब्ध गराउँदै आएको छ।

यसमा सेगमेन्टकै सर्वश्रेष्ठ ६.५ इन्च सुपर एमोलेड डिस्प्ले छ, जसले सामाजिक सञ्जाल फिडहरूमार्फत् बाहिरी सेटिङहरूमा पनि स्क्रोलिङ गर्छ।
टेक्नोलोजी जान्ने जेन जेड र मिलेनियल ग्राहकहरूका लागि यो फोन पर्फेक्ट रहको कम्पनीको भनाइ छ।

सफा र स्पष्ट तस्बिरहरूको लागि यो डिभाइसमा ५० एमपी ट्रिपल क्यामेरा र १३ एमपी फ्रन्ट क्यामेरा छ।

यसमा भ्वाइस फोकस जस्ता विशेषताहरू पनि रहेको छ। जसले कल गर्दा वरिपरिको आवाज घटाउँछ।

यो डिभाइस उत्कृष्ट, डिफेन्स ग्रेड केनोक्स सेक्युरिटीको साथ आउँछ, जसले गोपनीयता र सुरक्षा प्रदान गर्छ।

यसका साथै यसमा भएको क्विक सेयर सुविधाले प्रयोगकर्ताहरूलाई तुरुन्तै फाइलहरू, फोटोहरू र कागजातहरू टाढा भए पनि ल्यापटप र ट्याब लगायतका कुनै पनि अन्य उपकरणसँग सेयर गर्न सक्षम बनाउँछ।
ब्लू (निलो) टोपाज र स्टोन ग्रे (खैरो) गरी दुई आकर्षक रंगहरूमा उपलब्ध ग्यालेक्सी एम१५ ५जी (६ जिबी+१२८ जिबी) को मूल्य २५ हजार ९९९ रूपैयाँ तोकिएको छ।

कम्पनीका अनुसार सामसङको आधिकारिक स्टोरहरूबाट इन्स्टा फाइनान्स सेवाअन्तर्गत यो स्मार्टफोन शून्य प्रतिशत इएमआईमा खरिद गर्न सकिनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖