• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

आज कोलकाता र हैदरावाद भिड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं। १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ।

पहिलो क्वालिफायर आज राति पौने ८ बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ।

पराजित टोलीले २४ मे मा हुने दोस्रो क्वालिफायर खेल्न पाउनेछ। दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग पहिलो क्वालिफायर टोलीको प्रतिस्पर्धा हुनेछ।

कोलकता अहिलेसम्म १३ पटक आईपीएलको प्लेअफमा पुगेको छ। ८ पटक जितेको टोलीले ५ खेलमा हार बेहोरेको छ। तर, क्वालिफायर–१ मा कोलकाताले कहिल्यै हार बेहोरेका छैन।

प्रतियोगिता अन्तरगत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सबीच प्ले अफ चरणको दोस्रो खेल इलिमिनेटर खेल हुनेछ। ​ इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖