• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौँ । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको हो ।

उनले जुन १ देखि आफ्नो पद सम्हाल्ने लिभरपुलले बताएको छ । स्लटसँग तीन बर्षको सम्झौता भएको लिभरपुलले जनाएको छ ।

४५ बर्षिय स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन् । नेदरल्याण्डसका स्लोट हाल फेयेनोर्ड क्लबका प्रशिक्षक रहेका छन् ।

जर्गेन क्लोपले लिभरपुलमा ९ बर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन् । यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए ।
  

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖