काठमाडौं । आईपीएल २०२४ को क्वालिफायर १ मा आज तालिकाको शीर्ष स्थानमा रहेको कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादको सामना गरिरहेको छ ।
खेलमा कोलकातालाई हैदरावादले १६० रनको लक्ष्य दिएको छ । हैदरावाद १९.३ ओभरमा नै अलआउट भयो ।
दुवै टोलीले फाइनल पुग्ने दुई–दुई मौका पाउने भए पनि केकेआर र हैदरावाद दुबै टोली यही मौकामा खेल जितेर उपाधिको दाबेदार बन्न प्रयास गरिरहेका छन् ।
