• Tuesday 20th of October 2026

सीता एयरको ठक्करबाट एक जना घाइते


  • धनकुटा खबर
  • .

मुगु । मुगुस्थित रारा ताल्चा विमान स्थलमा सीता एयरको ठक्करबाट एक जना घाइते भएका छन् ।

बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिंदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन् ।

भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) गरिरहेका बेला चालकले बोलाएपछी विमानतर्फ जाँदैगर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिंदा घाइते भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।

घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖