• Monday 5th of October 2026

म एलियन हुँ, तर यो कुरा कसैले विश्वास गर्दैनन्:एलन मस्क


  • धनकुटा खबर
  • .

काठमाडौं । सामान्यतः: पृथ्वीभन्दा बाहिर बस्ने जीवलाई एलियन भनेर चिन्ने गरिन्छ । पृथ्वीमा यसबारे अनेकन् किस्सा छन् । जुन वैज्ञानिक रुपमा पुष्टि हुन भने सकेको छैन ।

एलन मस्कले भने आफैंमाथि व्यङ्ग्य गर्दै आफू एलियन भएको बताएका छन् । गत २२-२४ मेसम्म जारी भिभाभिभो टेक इभेन्ट मस्कले आफूले आफूलाई एलियन भनिरहने बताएका हुन् । तर आफ्नो कुरा कसैले विश्वास नगर्ने पनि उनले बताएका छन् ।

त्यस्तै उनले एलियनको अस्तित्वबारे केही प्रमाण भेटे त्यसलाई आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पनि शेयर गर्ने बताएका छन् ।

कार्यक्रममा भर्चुअल माध्यमबाट बोल्दै एलियनको अस्तित्वबारे उनले भनेका छन्, “सायद यो आकाशगंगामा हामी एक्लै छौं, हुनसक्छ हामी मात्र छौं र हाम्रो चेतना अत्यन्त कम छ ।”

यसका साथै उक्त कार्यक्रममा एलन मस्कले आफ्नो मङ्गल ग्रहको योजनाबारे पनि बताएका छन् । अबको १० वर्षभित्र मङ्गल ग्रहमा मानव पुग्ने उनले दाबी गरेका छन् । आफ्नो कम्पनी स्पेस एक्सको योजना जीवनलाई बहुग्रह बनाउने भएकाले योजना चाँडै साकार हुने बताएका हुन् ।-टेकपाना

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖