काठमाडौं । रसुवाको गोसाईँकुण्डमा लेक लागेर एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोकदेखि ट्रेकिङ गएका २४ वर्षीय विजय तामाङको मृत्यु भएको हो ।
सिन्धुपाल्चोकको हेलम्बुहुँदै ट्रेकिङ हिडेका तामाङलाई गोसाईँकुण्ड गाउँपालिका–४ लाङटाङ क्षेत्रमा पर्ने ५६ सय मिटरको उचाइमा पुगेपछि लेक लागेको थियो । मेलम्ची घरभएका तामाङको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सिन्धुपाल्चोकको हेलम्बु हुँदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै ५६ सय मिटरको उचाईमा पुगेपछि उनी लेक लागेर बिरामी परेका थिए ।
उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
