• Tuesday 20th of October 2026

काठमाडौंमा पनि लगातार बढिरहेको छ तापक्रम


  • धनकुटा खबर
  • .

केही दिनयता देशभरको तापक्रम बढिरहेको छ। बिहीबार धनगढीको तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो।

बिहीबार साँझ पौने ६ बजे अद्यावधिक गरिएको विवरणअनुसार धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको थियो।

काठमाडौंको तापक्रम पनि केही दिनयता बढिरहेको छ।

वैशाख मसान्तमा काठमाडौंको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस रहेको थियो। त्यसयता तापक्रम लगातार बढिरहेको छ।

बिहीबार दिउँसो काठमाडौंको तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

उनकाअनुसार शुक्रबार काठमाडौंको अकितम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीचमा रहने अनुमान गरिएको छ।

काठमाडौंमा यसवर्षको तापक्रम ३४.४ डिग्री सेल्सियस भन्दा उकालो लागेको छैन।

काठमाडौंमा अहिलेसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको छ। २०४६ वैशाख २५ गते उक्त तापक्रम मापन भएको थियो।
काठमाडौंमा शुक्रबार अपराह्नपछि वर्षा हुने मानन्धरले बताइन्। ‘आज अपराह्नपछि मात्रै वर्षाको सम्भावना छ। दिउँसोपख गर्मी नै महसुस हुनेछ,’ उनले भनिन्।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा हल्का वर्षा भएको छ। पछिल्लो तथ्यांकअनुसार गोदावरीमा २.८, सुन्दरीजलमा १.६, बूढानीलकण्ठमा १.८ मिलिमिटर वर्षा भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖