• Tuesday 20th of October 2026

भारतमा गर्मीका कारण चार दिनमा ३२० जनाभन्दा बढीको मृत्यु


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । गर्मी र तातो लहरका कारण पछिल्लो चार दिनमा भारतमा ३२० जना भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा सबैभन्दा बढी १०० जनाको ज्यान गएको हो ।

त्यस्तै बिहारमा पछिल्लो ३ दिनमा गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । यूपी–बिहारमा शुक्रबार मात्र कम्तीमा ४० जनाको मृत्यु भएको खबर छ । जसमध्ये २५ जना लोकसभा चुनावी काममा खटिएका कर्मचारी र अधिकारीहरू छन्।

पछिल्लो ४ दिनमा तातो लहरका कारण राजस्थानमा ६०, झारखण्डमा ३७, ओडिशामा १८, मध्य प्रदेशमा २ र दिल्लीमा एक जनाको मृत्यु भएको छ । झारखण्डमा १ हजार ३ सय २६ जना अस्पतालमा भर्ना भएका छन् । धेरै ठाउँमा हिटस्ट्रोक वार्डमा खाली ठाउँ छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖