• Tuesday 20th of October 2026

१० जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोश्रो तलामा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलंकी बस्ने ५० वर्षीय यमन बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकस्थित चौतारामा सोही ठाउँ गायत्री टोल बस्ने ३७ वर्षीया गंगा बिक शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

झापा, मेचिनगर नगरपालिका-४ आमडागी टोलस्थित मंगोलम टि-स्टेट प्राइभेट लिमिटेडमा सेक्युरेटी गार्डको रूपमा काम गर्ने बुद्धशान्ती गाउँपालिका-३ घर भएका ५६ वर्षीय कृष्ण बहादुर प्रधान उक्त चिया फ्याक्ट्रीभित्र आफू सुत्ने क्वार्टरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने ३८ वर्षीय सुनिल पटेल आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दी, रघुगंगा गाउँपालिका-७ चिमडाडा बस्ने ४३ वर्षीया बिष्णु छन्त्याल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, सुनकोशी गाउँपालिका-६ रातोडाँडामा सोही गाउँपालिका-७ मतनबास बस्ने ७८ वर्षीय शंकर सिं गोले शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रूपन्देही, कोटहीमाई गाउँपालिका-१ पतजियास्थित कच्ची बाटोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
नवलपरासी पश्‍चिम, बर्दघाट नगरपालिका-१३ रानिनगर टोलस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ ननखोरियास्थित सुख्खा कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, जनकपुर उपमहानगरपालिका-२० जनक चोकस्थित सडक पेटी छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖