• Tuesday 20th of October 2026

१२ वर्षको छोरा र श्रीमानलाई धोका दिएर टिकटके प्रेमीसँग होटलमा रात विताउँदा अभिलासाको विचल्ली


  • धनकुटा खबर
  • .

काठमाण्डौं– सामाजिक सञ्जाल अहिले मानिसहरुका हरेक गतिविधि शेयर गर्ने तथा आफनो कला र क्षमता प्रदर्शन गर्ने प्लेटफर्म भएको छ। त्यसमा पनि नेपालमा एक समय ‘टिकटक’ ले निकै मार्केट पायो। तर, अस्लिलता वढेको भन्दै सरकारले रोक लगाएको छ।

यही टिकटकका कारण कतिपयका घरबार विग्रने अवस्था समेत आएको छ। यस्तै घट्नामा म्याग्दीका एक जना युवालाई प्रहरीले पक्राउ गरेर कारवाही थालेको छ। पक्राउ पर्ने म्याग्दी नगरपालिका–५ का ३० वर्षीय सन्तोष किसान हुन्।

प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि कतार पुगेका उनी टिकटकमा निकै सकृय थिए। विभिन्न प्रकारका भिडियो बनाएर अपलोड गर्थे। सिन्धुपाल्चोककी एक विवाहित महिला (अभिलासा/नाम परिवर्तन) लाई उनको टिकटक निकै मन पथ्र्यो। १२ वर्षका छोरासमेत भएकी अभिलासा सन्तोषका भिडिओमा लाईक, कमेन्ट गर्थिन। कहिलेकाही लभ साईन पनि पठाउँथिन।

हुँदाहुँदै उनीहरु टिकटकबाटै नजिकिए। फेसबूक म्यासेन्जरमा पनि गफ गर्न थाले। सन्तोष नेपाल फर्किएपछि अभिलासा सिन्धुपाल्चोकबाट काठमाण्डौं पुगिन। कोटेश्वरको गेस्ट हाउसमा सन्तोषसँगै रात बिताएर भोलिपल्टै सिन्धुपाल्चोक पुगिन्। सन्तोष पनि म्याग्दी पुगे।

उनीहरुको बेलावखत काठमाडौंमै भेट हुन थाल्यो। अभिलासालाई काठमाण्डौंमा भेटनकै लागि सन्तोष म्याग्दी–काठमाडौं चल्ने बसमा खलासीको काम गर्न थाले। गत वर्ष असोज÷कात्तिक अगाडि उनीहरु ३ पटकसम्म काठमाण्डौका विभिन्न होटलहरुमा वसे।

सन्तोष र अभिलासाका बीचमा लेनदेन पनि हुन थाल्यो। अभिलासाले सन्तोषको मोबाइलमा रिचार्ज हालिदिनदेखि सानातिना खर्चका लागि पैसा पठाउँथिन। त्यसपछि सन्तोषले अभिलासासँग पैसा हात पार्ने योजना बनाए। घर बनाउन लागेको भन्दै सन्तोषले अभिलासासँग ६० हजार मागे। ‘मसँग छैन’ भन्दै अभिलासा तर्किन खाोजिन।

तर, सन्तोषले ‘कि पैसा देउ, कि काठमाण्डौंमा भेट्न आउ’ भन्दै धम्क्याए। अभिलासा काठमाडौं पुगेर बालाजुस्थित गेस्ट हाउसमा सन्तोषसँग वसिन। र ६० हजार पैसा पनि दिईन।

त्यसपछि पैसाका विषयमा खासै कुराकानी भएको थिएन। तर, गत बुधबार सन्तोषले अभिलासालाई फोन गरेर ‘घर बनाउन पैसा पुगेन, २ लाख देउ’ भने। अभिलासाले आफुसँग त्यत्रो पैसा छैन भनेपछि सन्तोषले उनलाई धम्क्याए। सँगै रात विताउँदा खिचेको अश्लील फोटो र भिडियो परिवारका सदस्यलाई पठाइदिने भन्दै वार्गेनिङ गर्न थाले।

त्यसपछि भने अभिलासा बुधबार नै उजुरी बोकेर मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगिन। प्रहरीले अभिलासाको उजुरी दर्ता गरेर सन्तोसको खोजी गर्न थाल्यो। प्रहरीकै योजनाअनुसार अभिलासाले सन्तोसलाई पैसा लिन गोंगबुस्थित नयाँ बसपार्कमा बोलाईन। सन्तोष पैसा लिन पुगे, त्यसै बेला उनलाई प्रहरीले पक्राउ गर्यो।
प्रहरीका अनुसार सन्तोषले बार्गेनिङ गर्ने योजना अनुसार नै अभिलासाको अश्लील फोटो र भिडियो खिचेका थिए। श्रीमान र छोरासमेत रहेकी अभिलासा आफू सम्हालिन नसक्दा यस्तो घट्ना भएको प्रहरी बताउँछ। अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले सामाजिक सञ्जालले ल्याएको विकृतिमध्ये यो घटना पनि एउटा उदाहरण भएको बताए।

१२ वर्षको छोरा र श्रीमानलाई सिन्धुपाल्चोकमा छोडेर परपुरुषसँग रात विताउँन काठमाडौं पुग्नुलाई सामान्य घट्नाका रुपमा हेर्न नमिल्ने उनको भनाई छ। त्यसमाथि क्षणिक सन्तुष्टिका लागि परिवारसँगको नाता सम्वन्ध धरापमा पार्नु, सामाजिक र आर्थिक रुपमा पनि असुरक्षित हुने गरी भएको यो घट्ना धेरैका लागि पाठ हुन सक्ने अनुशन्धान अधिकृतहरु बताउँछन्।-शिर्ष खबरबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖