• Tuesday 20th of October 2026

तारा बराल पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । चरित्रहत्या गरेको आरोपमा तारा बराललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको बबरमहलबाट उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको साइबर ब्यूरोका सूचना अधिकारी (एसपी) दीपक राज अवस्थीले बताए ।

भरतपुर घर भएर गठ्ठाघर बस्ने बराल र पूर्व एआईजी रणबहादुर चन्दबिच विवाद छ । उनीहरू बिचको विवाद सामाजिक सञ्जाल फेसबुक र युट्युबमा छताछुल्ल छ ।

बरालले अरूको अडियो बनाएर बदनाम गरेको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖