धनगढी: कञ्चनपुरकी एक युवतीको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको छ।
आज मंगलबार (बिहान) १ बजेको समयमा कृष्णपुर नगरपालिका-२ का नरेश महराकी पत्नी २४ वर्षीया सुमित्रा महराको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार उनले हिजो घरमै सल्पास सेवन गरेकी थिइन्। त्यसपछि उनलाई अस्पतालमा ल्याइएकोमा मृत्यु भएको हो।
उनले सल्पास सेवन गर्नुको कारण भने खुलेको छैन। घरमा उनका २ वर्षीय छोरा छन् भने मृतकको आजै दाहसंस्कार गरिएको बताइएको छ।
