• Tuesday 20th of October 2026

कुखुराको मासु खाँदा चार जना बिरामी


  • धनकुटा खबर
  • .

दाङ : कुखुराको मासु खाँदा सल्यानमा चार जना बिरामी परेका छन्। एक परिवारका २ जना र छिमेकी २ जना गरी ४ जना बिरामी परेका हुन्।

सल्यानको कपुरकोट गाउँपालिका ५ का राम बहादुर विकको घरमा शनिबार मासु खाएर चार जना बिरामी भएको प्रहरीले जानकारी दिएको छ। मासु खाएर बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। बिहान कुखुराको मासु खाइसकेपछि उनीहरू बेहोस भएको प्रहरीको भनाइ छ।

मासु खाएर बिरामी भएका चारै जनाको तुल्सीपुरमा उपचार भइरहेको छ। तुलसीपुरमा रहेको नागरिक केयर हस्पिटलमा उपचार भइरहेको र सबै जनाको स्वास्थ्य अवस्थामा सुधार आएको हस्पिटलका सञ्चालक सुरज ज्ञवालीले जानकारी दिए।

अस्पतालका चिकित्सकले फुड प्वाइजनिङ भएको आशंका गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖