• Thursday 8th of October 2026

गान्धी र मोदी फराकिलो मतान्तरले अघि


  • धनकुटा खबर
  • .

नयां दिल्ली । भारतमा लोकसभा चुनावको मत गणना जारी छ ।

५४३ सिटमध्ये अहिलेसम्म ४ सिटको नतिजा सार्वजनिक भएको छ । जसमा भारतीय जनता पार्टीले ३ र भारतीय राष्ट्रिय कांग्रेसले एक सिट जितेको छ ।

यता, मत परिणाम सार्वजनिक भइरहँदा शीर्ष नेताहरूमाथि जनताको चासो बढेको छ । तीमध्ये केही नेताहरू धेरै मतान्तरसहित अघि रहेका छन् ।

निर्वाचन आयोगका अनुसार उत्तर प्रदेशको वाराणासीबाट चुनाव लडेका प्रधानमन्त्री नरेन्द्र मोदी झण्डै १ लाख ४७ हजार मतान्तरले अघि रहेका छन् ।

उनले ५ लाख ७० हजार भन्दाबढी मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अजय रायले जम्मा ४ लाख २३ हजार मत प्राप्त गरेका छन् ।

यस्तै, उत्तर प्रदेशकै रायबरेलीबाट चुनाव लडेका कांग्रेस नेता राहुल गान्धी ३ लाख २५ हजार भन्दा बढी मत अन्तरले अघि रहेका छन् ।

उनले ५ लाख ८८ हजारभन्दा बढी मत ल्याउँदा उनका प्रतिस्पर्धी भाजपाका दिनेश प्रतापसिंहले २ लाख ६२ हजार मत ल्याएका छन् ।

सात चरण लामो चुनावी प्रक्रिया सकिएर मंगलबार बिहानैदेखि लोकसभाका ५४२ सीटका लागि मतगणना सुरु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖