एजेन्सी । भारतीय मूलकी सुनिता विलियम्स र नासा अन्तरिक्ष यात्री ब्यारी विलियम्स नासाको बोइङ स्टारलाइनर अन्तरिक्ष यान लिएर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनतर्फ प्रस्थान गरेका छन् ।
सुनिता पहिलो महिला अन्तरिक्ष यात्री हुन् जसले चालक दलको अन्तरिक्ष यानको पहिलो उडानमा उडान भरेकी छन् ।
अन्तरिक्षमा सुनिताको यो तेस्रो उडान हो। यस्तै, अमेरिकी इतिहासमा चालक दल सहितको छैटौँ अन्तरिक्ष यान हो । उक्त अन्तरिक्षयान फ्लोरिडाको केप क्यानाभेरलमा रहेको केनेडी स्पेस सेन्टरबाट उडेको थियो ।
उक्त अन्तरिक्षयान आज दक्षिणपश्चिम संयुक्त राज्य अमेरिकामा प्यारासुट र एयरब्यागको सहायताले अवतरण गर्ने नासाले जनाएको छ ।
सुनिताले यसअघि दुई पटक अन्तरिक्ष यात्रा गरिसकेकी छिन् । उनले २००६ मा नासाको स्पेस शटलमा र सन् २०१२ मा रुसी सोयुज क्याप्सुलमा अन्तरिक्षको यात्रामा निस्केकी थिइन्।
