• Thursday 8th of October 2026

गायिका एलिना चौहानले रुँदै पोस्ट गरिन् भिडियो, भएको के हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका एलिना चौहानले मंगलबार दिउँसो रुँदै गरेको एक भिडियो इन्स्टाग्राममा पोस्ट गरिन् । भिडियोमा उनको अनुहारमा नीलडाम देखिन्छन् ।

उनले एक हिन्दी गीतमा भिडियो बनाएकी छन् । गीतको बोल छ– ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे ।’

एलिनाले उक्त भिडियोको क्याप्सनमा लेखेकी छिन्– एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ ।’ यो क्याप्सन अर्थपूर्ण देखिन्छ ।

गत महिना मात्र विवाह गरेकी एलिनाको रोएको यो भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि प्रशंसक चिन्तित बनेका छन् । कतिपयले पति-पत्नीबीच झगडा परेको हो कि भनेर टिप्पणी गरेका छन् ।

कतिपयले एलिनाले अभिनय गरेको हुनसक्ने भन्दै टिप्पणी गरेका छन् । धेरै जनाले के भयो भने प्रश्न सोधिरहेका छन् ।

यी सबै जिज्ञासाको जवाफ दिंदै एलिनाले लेखेकी छिन्, ‘यो अभिनय मात्र हो है, गीत मन परेर । नराम्रो नसोच्नु होला कसैले ।’

वैशाखमा विवाह गरेकी एलिना श्रीमानसँगै अहिले अष्ट्रेलियामा छिन् । उनी सधैंका लागि त्यता बस्न लागेको अनुमान पनि छ । यसै महिना उनले अस्ट्रेलियाको एक रेकर्डिङ स्टुडियोमा तीन गीत रेकर्ड गरेकी थिइन् । अस्ट्रेलिया जानुअघि उनले आवश्यक परे, सांगीतिक कार्यक्रमका लागि आफू नेपाल आउने बताएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖