• Friday 9th of October 2026

वेस्ट इन्डिज उड्नु अघि रोहितले भनेः आगामी खेलमा पनि साथ र समर्थन दिनुहोला


  • धनकुटा खबर
  • .

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आफ्ना बाँकीका दुई खेल वेस्ट इन्डिजमा खेल्ने छ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गरेको सन् २०२४ को टी–२० विश्वकप क्रिकेटमा नेपालले हालसम्म एक खेलमा पनि जित निकाल्न सकेको छैन। तर, बाँकीका दुई खेलमा जित निकाल्ने लक्ष्य भने राखेको छ।

यसैबीच नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले नेपाली समर्थक र दर्शकहरूले खेलमा दिएको साथ र देखाएको विश्वासप्रति धन्यवाद व्यक्त गरेका छन्।

वेस्ट इन्डिजका लागि उडान भर्नु अघि एक भिडियो सन्देश जारी गर्दै उनले हालसम्म नेपालले खेलेको खेल र श्रीलङ्कासँगको खेल हेर्नका लागि आएका सबै समर्थक दर्शकलाई धन्यवाद भनेका छन्।

उनले नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भए पनि र श्रीलङ्कासँगको खेल खेल्न नपाए पनि पानीमा पनि भिजेर खेल हेर्न आइदिनुभएका सबैलाई धन्यवाद दिँदै आगामी खेलमा पनि उस्तै विश्वास र समर्थनका लागि आग्रह गरको छन्।

नेपालले अब आफ्नो अर्को खेल १५ जुनमा दक्षिण अफ्रिकासँग खेल्ने छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖