काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नम्बर ७ कटुन्जे स्थित रोशी खोलामा फेला परेको शवको पहिचान खुलेको छ ।
धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ४ घर भई हाल पनौती नगरपालिका नम्बर ७ महालक्ष्मी टोलमा डेरा गरी बस्दै आएका बुद्ध गुरुङको ४ वर्षीय छोरा बिपिन गुरुङको शव रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
बिपिनसंगै ४ वर्षीय निश्चल सिङ्ताङ्ग पनि बेपत्ता भएका थिए । निश्चलको अवस्था अझै पत्ता लागेको छैन । खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
