• Thursday 8th of October 2026

राष्ट्रका नाममा बाइडेनको सम्बोधन, ट्रम्पमाथि आक्रमणबारे के भने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले केही समयअघि राष्ट्रका नाममा गरेको सम्बोधनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको निन्दा गरेका छन् । उनले यस आक्रमणमा मारिएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले अमेरिकी समाजमा हुने हिंसाको बारेमा भने, “हामी यो बाटोमा जान सक्दैनौं। यसमा हामी जानु पनि हुँदैन । हामीले हाम्रो इतिहासमा धेरै हिंसा सहेका छौं।”

ओभल अफिसबाट आफ्नो दश मिनेटभन्दा कमको भाषणमा उनले राष्ट्रिय एकतामा जोड दिँदै अमेरिकामा चर्को राजनीतिक बयानबाजीको यो युगमा ‘शान्त’ हुनुपर्ने समय आएको बताए ।

यद्यपि, बाइडेनले केही रिपब्लिकन नेताहरूले लगाएको आरोपबारे केही भनेनन्। धेरै रिपब्लिकन नेताहरूले बाइडेनले ट्रम्पको बिरूद्ध विभाजनकारी भाषणलाई बढावा दिएको आरोप लगाएका छन्।

पेन्सिल्भेनियाको एक र्‍यालीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलापछि बाइडेनले आइतबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए। एक बन्दुकधारीले ट्रम्पमाथि गोली प्रहार गरेका थिए । गोली ट्रम्पको धेरै नजिक पुगेको थियो । यस आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖