• Monday 5th of October 2026

माइक्रोसफ्ट डाउन- विश्वभरका ८५ लाख कम्प्युटरमा समस्या


  • धनकुटा खबर
  • .

काठमाडौँ । सफ्टवेयर कम्पनी माइक्रोसफ्टले शुक्रबार आईटी सेवामा आएको अवरोधका कारण विश्वभरका ८५ लाख कम्प्युटरले काम नगरेको जनाएको छ ।

साइबर सेक्युरिटी सफ्टवेयर क्राउडस्ट्राइकको अपडेटपछि आएको यस त्रुटिको बारेमा अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरिएको छैन ।
यो घटनालाई साइबर इतिहासकै सबैभन्दा नराम्रो घटना भनिएको छ । माइक्रोसफ्टले आफ्ना प्रयोगकर्ताहरूलाई यसबाट बाहिर निकाल्न मद्दत गरिरहेको छ ।

कम्पनीले एक ब्लग पोष्टमा भनेको छ, ‘हामीले हाल ८५ लाख विन्डोज उपकरणहरू क्राउडस्ट्राइक अपडेटबाट प्रभावित भएको अनुमान गरेका छौं ।’

यस पोस्टमा, कम्पनीका उपाध्यक्ष डेभिड वेस्टनले भनेका छन्, यो संख्या विश्वभरका विन्डोज मेसिनको एक प्रतिशत भन्दा कम छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖