• Monday 5th of October 2026

ह्वाट्सएपमा कोसँग सबैभन्दा धेरै कुरा गर्नुहुन्छ ? यसरी थाहा पाउनुहोस्


  • धनकुटा खबर
  • .

लोकप्रिय च्याटिङ प्लाटफर्म ह्वाट्सएपका कतिपय फिचरहरुका बारेमा हामीलाई थाहा नहुन सक्दछ ।

ह्वाटसएपले आफ्नो प्लाटफर्ममा लगातार नयाँ-नयाँ फिचर ल्याइरहेको हुन्छ । तर सबै प्रयोगकर्तालाई नयाँ अपडेटका बारेमा जानकारी नै हुँदैन ।

अधिकांश मानिसहरु केवल फोटो, भिडियो, अडियो तथा अन्य डकुमेन्ट आदान प्रदानका लागि कल गर्नका लागि मात्रै ह्वाट्सएपको प्रयोग गर्ने गर्दछन् । तर, ह्वाट्सएपमा एउटा यस्तो फिचर छ जसको मद्दतबाट तपाईंले आफैंले वा मोबाइल प्रयोगकर्ता अरु कुनै व्यक्तिले ह्वाट्सएपमा कोसँग धेरै कुराकानी गर्दोरहेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ।

ह्वाट्सएपमा सबैभन्दा धेरै कुरा कोसँग गरिएको छ भन्ने कुरा थाहा पाउनका लागि निम्न विधि अपनाउनुहोस् :

सबैभन्दा पहिले मोबाइलमा ह्वाट्सएप खोल्नुहोस्
स्क्रिनको माथि दायाँतर्फ रहेको तीनवटा थोप्लोयुक्त आइकनमा ट्याप गर्नुहोस्
त्यसपछि सेटिङ्सको विकल्पमा जानुहोस्
त्यहाँ तपाईंले storage and data खण्ड देख्नुहुनेछ, त्यसमा ट्याप गर्नुहोस्

त्यसपछि manage storage अप्सन देखिनेछ, त्यो खोल्नुहोस्
त्यहाँ स्क्रिनमा च्याटको एउटा पूरै सूची देखिनेछ
उक्त सूचीमा जो व्यक्तिको नाम सबैभन्दा माथि हुनेछ, ह्वाट्सएपमा सोही व्यक्तिसँग सबैभन्दा धेरै च्याट भएको हुन्छ । अर्थात् सोही व्यक्तिसँग सबैभन्दा धेरै फोटो तथा भिडियो शेयर गरिएको हुन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖