• Monday 5th of October 2026

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई दियो अचम्मको सुबिधा


  • धनकुटा खबर
  • .

काठमाडौँ – नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (FTTH) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको छ ।

नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम (FTTH) जडान अनुरोध दर्ता गर्नेदेखि आफ्नो आवश्यकता अनुसारका (FTTH) सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्ने टेलिकमले बुधबार विज्ञप्ति मार्फत जानकारी दिएको हो।

नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा (NTTV) का ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा (A’la Carte) शुल्क प्रणाली बमोजिमका Basic तथा Premium Package खरिद गर्न सकिने व्यबस्था गरेको र ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु subscription गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्ने टेलिकमका प्रवक्ता किशोर कुमार भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।’

यस सेवा सञ्चालनसँगै (FTTH) सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टर सम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुनेमा कम्पनी विश्वस्त रहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖