काठमाडौं । कक्षा १२ को परीक्षाफल हेर्ने वेबसाइट डाउन भएको छ । छोटो समयमा वेबसाइट आएको चाप धान्न नसक्दा परीक्षाफल हेर्ने वेबसाइट डाउन भएको हो ।
बोर्डले आज मात्र गत वैशाखमा सञ्चालित कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो । तर, सार्वजनिक भए लगतै नतिजा हेर्ने सरकारी साइटहरू डाउन भएका छन् । अहिले नेपाल टेेलिकम र राष्ट्रिय परीक्षा बोर्ड दुवैको साइट डाउन छ ।
नतिजा देखाउने नेपाल टेलिकमको वेबसाइट खोल्दा ‘५०४ गेटवे टाइम आउट’ भन्ने सन्देश देखिन्छ ।
