काठमाडौं । बंगलादेशको ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द गरिएको छ ।
बंगलादेशको सेनाको जनसम्पर्क निर्देशनालयले एक सूचना जारी गरी हजरत सहजलाल अन्तर्राष्ट्रिय रंगशाला साँझ ६ बजेदेखि ६ घण्टाका लागि बन्द भएको जानकारी दिएको हो ।
विमानस्थलका सबै कामकारबाही पनि बन्द गरिएको निर्देशनालयले जनाएको छ ।
शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि धेरै मानिसहरु विमानस्थलमा जान थालेपछि सेनाले बन्द गरेको बीबीसीले जनाएको छ ।
शेख सैनिक विमान चढेर भारत पुगिसकेकी छन् ।
