• Thursday 8th of October 2026

२७ वर्ष पछि सिरिज जित्ने लक्ष्यमा श्रीलंका


  • धनकुटा खबर
  • .

काठमाडौं । घरेलु टोली श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको तेस्रो तथा निर्णायक खेल आज (बुधबार) हुदैछ ।

खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बाट सुरु हुनेछ ।

श्रीलंका तेस्रो खेल जित्दै २७ वर्षपछि भारतसँगको ओडिआई सिरिज जित्ने लक्ष्यमा छ ।

सन् १९९७ मा भारतविरुद्ध श्रीलंकाले चार खेलको ओडिआई सिरिजमा ३–० को जित निकालेको थियो । त्यसपछि भारतले श्रीलंकाविरुद्ध लगातार ११ ओडिआई सिरिज जितिसकेको छ ।

दुई टोलीबीचको पहिलो खेल बराबरीमा सकिदा दोस्रो खेल श्रीलंकाले जितेको थियो ।

भारत यो खेल जितेमा श्रीलंकाविरुद्ध १ सय खेल जित्नेछ । दुई देशबीच हालसम्म १ सय ७० खेल हुँदा भारतले ९९ खेल जितेको छ ।

श्रीलंकाको पक्षमा ५८ खेल गएको छ । २ खेल टाई हुँदा ११ खेल अनिर्णित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖