काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालिन सरकारले तत्कालीन मुख्यसचिव शंकरदा बैरागीलाई मुख्यसचिवबाट राजिनामा गर्न लगाएर नियुक्त गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार पद समेत खारेज हुनेगरी उक्त निर्देशिका खारेज गरेको हो ।
यो सँगै तत्कालिन मुख्यसचिव शंकरदास बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट स्वत मुक्त भएका छन् ।
साथै, सरकारले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश जनक पाण्डेलाई तोक्ने निर्णय गरेको छ ।
