काठमाडौँ । प्रधानमन्त्री बालेन शाह तिहारको अवसरमा देउसी–भैलो कार्यक्रममा सहभागी भएर नाचगान गरेका छन् ।
सोमबार प्रधानमन्त्री शाह देउसी–भैलो कार्यक्रममा सहभागी भएका हुन् । उनले कार्यक्रममा चर्चित गीत ‘कुटुमा कुटु’ मा छमछमी नाच्दै रमाइलो गरेका छन् ।
उनी नाचेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उनी राजनीतिक सल्लाहकार असिम शाहसहित सचिवालयका सदस्य र कलाकारहरूसँगै छमछमी नाचिरहेको देखिन्छ ।
