• Thursday 8th of October 2026

यसरी गरे नागा चैतन्य र शोभिता धुलिपालाले इन्गेजमेन्ट


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता नागा चैतन्य र शोभिता धुलिपालाले इन्गेजमेन्ट गरेका छन्।

उनीहरूले बिहीबार नजिकका साथीभाइ र परिवारबीच इन्गेजमेन्ट गरेका हुन्। उनीहरूको इन्गेजमेन्टको तस्बिर नागाका बुवा अक्किनेनी नागार्जुनले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

‘हाम्रो आफ्नो छोरा नागा चैतन्यको शोभिता धुलिपालासँग इन्गेजमेन्ट घोषणा गर्न पाउँदा निकै खुशी छु। जुन आज बिहान ९ः ४२ बजे भएको हो। हामी आफ्नो परिवारमा शोभितालाई स्वागत गर्न पाउँदा निकै खुशी छौं। यस जोडीलाई धेरै बधाई,’ उनले लेखेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार नागा चैतन्य र शोभिता धुलिपाला गत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖