• Wednesday 7th of October 2026

अभिनेत्री सुष्मा सेठकी २३ वर्षकी नातिनीको मृत्यु


  • धनकुटा खबर
  • .

‘कल हो ना हो’, ‘कभी खुशी कभी गम’ र ‘राम तेरी गंगा मेली’ जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री सुष्मा सेठकी नातिनी मिहिका सेठको मृत्यु भएको छ।

२३ वर्षकी मिहिका लामो समयदेखि बिमारी थिइन्। उनको ५ अगस्टमा मृत्यु भएको हो। मिहिकाको मृत्युको जानकारी उनकी आमा तथा अभिनेत्री दिव्या सेठले दिएकी हुन्।

उनका अनुसार मिहिकालाई पहिला ज्वरो आएको थियो। त्यसपछि लगातार बिमारी हुँदा उनको ५ अगस्टमा मृत्यु भएको हो।

मिहिकालाई फोटोग्राफीमा रूचि थियो। उनले ५ मेमा अन्तिम पोस्ट गरेकी थिइन्। जसमा उनी आमा र हजुरआमासँग घुम्न गएकी थिइन्।
मिहिकाकी आमा दिव्या टेलिभिजन क्षेत्रमा चर्चित नाम हो। उनले टेलिभिजन शो ‘हम लोग’ बाट अभिनय सुरू गरेकी थिइन्। उनले ‘जब वि मेट’, ‘दिल धड्कने दो’ र

‘आर्टिकल ३७०’ जस्ता फिल्ममा पनि काम गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖