• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

सडक भासिएपछि बालेनको प्रतिक्रियाः ‘खोलामाथि घर र बाटो बनाउने होइन’


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ साउन। दरबारमार्गमा रहेको महेन्द्र शालिक–काठमाडौं प्लाजा जोड्ने सडक भासिएको छ ।

टुकुचा खोलामाथिको एकतर्फी सडकमा ठूलो भ्वाङ परेपछि सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। काठमाडौं महानगरपालिकाको कार्यालय नजिक भ्वाङ परेको सडक टाल्न सडक विभागको टोली त्यसतर्फ जान लागेको बताइएको छ ।

महानगरको कार्यालय नजिकै सडक भासिएपछि मेयर बालेन्द्र शाहले समाजिक सञ्जालमा सडकमा भ्वाङ परेको भिडियो सार्वजनिक गर्दै अझै केही घरहरु टुकुचाको चपेटामा पर्दै जाने उल्लेख गरेका उनले महानगरले जोखिम देखेर नै केही समय पहिला खोला खोल्ने काम सुरु गरेको उल्लेख गरेका छन् ।

अदालती कारणले उक्त कार्य केही रोकिएको र टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानूनबमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका उनले उल्लेख गरेका छन् ।

सरकारले चाँडोभन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउने जानकारी गराएका छन् । ‘सबैलाई थाहा हुनैपर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन,’– उनले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖