• Monday 5th of October 2026

यसकारण भएको रहेछ एनसेलको नेटवर्क समस्या,भयो समाधान


  • धनकुटा खबर
  • .

काठमाडौं । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउनको समस्या समाधान भएको छ । आज दिउँसोबाट एनसेलमा फोन नलाग्ने, मेसेज नजानेल गायतको समस्या देखिएको थियो ।

अहिले समस्या समाधान भएर फोन लगात अन्य समस्याहरु समाधान हुने क्रममा रहेको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सिएसआर प्रमुख विशाखा खड्का कुवरले बताइन् । उनले भनिन्, ‘बाटो निर्माण गर्ने.क्रममा फाइबर काटिएको थियो । अहिले त्यो समस्या समाधान भएको छ ।’

एनसेलले आफ्नो फेसबुक पेजमार्फत् दिउँसो ३ः४८ मिनेटदेखि समस्या आएको बताएको थियो । सेवा सूचारु भएको सूचना निकाल्ने एनसेलले बताएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖