• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

२८ वर्षका पाख्रिनले १८ वर्षीया श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

हेटौंडा : मकवानपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। कैलाश गाउँपालिका–५ काफलडाँडा निवासी २८ वर्षका मंगलबहादुर पाख्रिनले श्रीमती १८ वर्षीया लक्ष्मी पाख्रिनको बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।

सोमबार बेलुका आपासी विवाद हुँदा मंगलबहादुरले लक्ष्मीको टाउको र घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाबारे छिमेकीले थाहा पाएपछि मंगलबहादुरलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए। प्रहरीले सोमबार राति नै मंगलबहादुरलाई पक्राउ गरी पालुङस्थित प्रहरी हिरासतमा राखेको छ। मंगलबहादुर र लक्ष्मीको १३ महिनाकी छोरी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖