• Sunday 29th of November 2026

यिने रहेछन् भीरबाट लडेर मृत्यु भएकी भावना


  • धनकुटा खबर
  • .

बैतडी–बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीकी अन्दाजी ३८ बर्षीया भावना धामीको भीरबाट लडेर मृत्यु भएको हो ।

बाख्रा चराउन गएकी भावनाको मंगलबार दिउँसो साढे ३ बजेतिर घर नजिकैको त्वापौड भन्ने भीरबाट लडेर मृत्यु भएको मृतकका आफन्त दिपेन्द्र धामीले जानकारी दिए ।

भीरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक धामीका तीन छोरा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖