कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) को संसदीय दल प्रमुख सचेतकमा गीतादेवी माल मनोनीत भएकी छन् ।
मंगलबार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो ।यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलको नेता बनेपछि माओवादीको प्रमुख सचेतक पद खाली थियो ।उनी डडेल्धुराकी समानुपातिकतर्फकी प्रदेश सभा सदस्य हुन्।
