• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

प्रचण्डले जवाफ दिने माओवादी बैठक सर्‍यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने पार्टीको स्थायी कमिटी बैठक सरेको छ ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्मका लागि सरेको हो ।

केन्द्रीय कार्यालय परिसडाँडामा बस्ने बैठकमा अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने छन् । यसअघि स्थायी समिति सदस्यहरूले नेतृत्वको कार्यशैली, पार्टीको नीतिप्रति गम्भीर प्रश्न उठाएका थिए ।

५ दिनसम्म बहस र छलफलबाट उठेको प्रश्नको जवाफ दिएपछि बैठक सकिने स्थायी समिति सदस्य कमला रोकाले जनकारी दिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖