• Monday 5th of October 2026

मार्क जुकरवर्गले घरको आँगनमा राखे श्रीमतीको प्रतिमा


  • धनकुटा खबर
  • .

मेटा कम्पनीका सिइओ मार्क जुकरवर्गले आफ्नी श्रीमती प्रिसिला चानको प्रतिमा स्थापना गरेका छन्।

जुकरबर्गले आफ्नो घरको आँगनमा श्रीमती चानको प्रतिमा राखेको भिडिओ इन्स्टाग्रामबाट सार्वजनिक गरेका छन्।

भिडिओसँगै उनले चान प्रतिमाको अगाडि उभिएको फोटो पनि पोस्ट गरेका छन्।

श्रीमतीको प्रतिमा बनाउने रोमन परम्परालाई निरन्तरता दिन खोजिएको उनको भनाइ छ।

७ फिट लामो प्रतिमा न्यूयोर्कका कलाकार ड्यानियल अश्रमले बनाएका हुन्।

श्रीमतीको मूर्ति राखेपछि जुकरवर्गको प्रशंसा पनि भएको छ। जुकरवर्ग र चानको सन् २०१२ मा विवाह भएको थियो। उनीहरूका तीन जना छोरी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖