• Tuesday 10th of November 2026
  • ट्रेण्डिङ :

कुलमानको पक्षमा युवाहरू सडकमा उत्रिने


  • धनकुटा खबर
  • .

काठमाडौँ । राज्य सत्ताको गलत क्रियाकलापका विरुद्ध भन्दै युवा अभियन्ताहरूले आन्दोलन गर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै युवाहरूले राज्य सत्ताको गलत क्रियाकलापको विरुद्धमा शनिबार काठमाडौँमा प्रदर्शन गर्ने बताएका हुन् । देशमा भएको बेथिति, अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्न लागिएको बताइएको छ ।

सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गरेर भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद राख्न खोजेको र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झुटा मुद्दा लगाएर उद्योगहरूलाई २२ अर्ब विद्युत् बक्यौता छुट दिन खोजिएको उनीहरूको आरोप छ ।

प्राधिकरणको २२ अर्ब बक्यौता उद्योगी व्यवसायीहरूले तिर्नुपर्ने र प्राधिकरण डुबाउने चलखेल बन्द हुनुपर्नेसहित उनीहरुले ९ बुँदे माग सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖